‘देम सारो’ मा राजेशपायल, दयाहाङ र विल्सनको अपुरो प्रेम « Khabarhub

‘देम सारो’ मा राजेशपायल, दयाहाङ र विल्सनको अपुरो प्रेम


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘देम सारो’ सार्वजनिक भएको छ । गायक राईको एलबम ‘दर्शन नमस्ते–५’मा रहेको यो गीतमा राजेशकै संगीत, राजन मुकारुङको शब्द र फडिन्द्र राईको एरेञ्ज छ ।

गीतको भिडियोमा राजेशपायलसँगै दयाहाङ राई, विल्सनविक्रम राई, विशाल लिम्बु, सुजन राई र रजनी गुरुङ फिचर्ड छन् । भिडियोमा राजेशपायल, दयाहाङ र विल्सनको रजनीप्रतिको एकोहोरो र अपुरो प्रेमलाई देखाइएको छ । भिडियोमा बुद्धि तामाङ ‘हैट’ विशेष भूमिकामा छन् ।

किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर, विक्रम डिसीको छायांकन र कमल राईको कोरियोग्राफी छ । भिडियो राजेशपायल राई युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ४ : २७ बजे

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन