मिलमा आगलागी, ७० लाखको क्षति « Khabarhub

मिलमा आगलागी, ७० लाखको क्षति


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको एक मिलमा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ ।

मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । आगो प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजेतिर नियन्त्रणमा लिइएको उनले बताए ।

आगलागीको कारण खुलेको छैन ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ५० बजे

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा