चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउन निर्देशन « Khabarhub

चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउन निर्देशन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएम अध्ययन गरेका तर कोरोना महामारीका कारण नेपाल आएकाले इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य समितिको बैठकमा सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुको इन्टर्नसिपका लागि नेपाल सरकारले चीनसँग आवश्यक कूटनीतिक पहलअघि बढाउनुपर्ने सांसदहरुले बताएका छन् ।

तत्काल चीन पठाउन नसक्ने अबस्थामा मेडिकल र इन्जिनियरिङ्ग विषयको प्रयोगात्मक परीक्षा गर्न समस्या भएका विद्यार्थीहरुका लागि नेपाल सरकारले समाधान खोज्नुपर्ने शिक्षा स्वास्थ्य समितिकी अध्यक्ष जयपुरी घर्तीले बताइन् ।

नेपाल मेडिकल काउन्सिलले चीनमा एमबीबीएसको अध्ययन पुरा गरेका सन् २०१४ ब्याजका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिप गर्न दिने अनुमति दिए पनि सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुलाई भने हालसम्म अनुमित दिएको छैन ।

त्यस्तै जापानमा अध्ययन गर्न वैदेशिक अध्ययन अनमति पत्र (एनओसी) लिएका र जापान सरकारबाट पनि सिओई (अध्ययनका लागि आउन) अनुमति र भिसा पाएका विद्यार्थीहरुलाई पठाउन सरकारले कूटनीतिक पहल गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

नेपाल सरकार र मणिपाल कलेजबीच भएको सम्झौता समितिमा उपलब्ध गराउन र सो सम्बन्धमा मणिपाल कलेज बिक्री भएको हो वा होइन त्यसको वास्तविकता बुझी जानकारी गराउन पनि समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ३ : २८ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी