क्षतिग्रस्त राजमार्ग मर्मत गर्न संसदीय समितिको निर्देशन « Khabarhub

क्षतिग्रस्त राजमार्ग मर्मत गर्न संसदीय समितिको निर्देशन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मुलुकका बिभिन्न राजमार्गहरुमा सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै गएको अवस्थामा बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरुको आवश्यक मर्मत र निर्माण गरी सहज रुपमा सवारीसाधान सञ्चालन व्यवस्था मिलाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अनलाइन प्रणालीबाट टिकट खरिद गर्ने व्यवस्थालाई प्रोत्साहनसहित लागू गर्न निर्देशन दिएको छ । दशैँअघि र पछि गरी कम्तीमा ७ दिन रुट परमिट लागु नगर्न र क्षमताभन्दा बढी यात्रु राखे–नराखेको प्रभावकारी अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुबर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्ड समयानुकल नभएको भन्दै आवश्यक पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले बताइन् ।

बैठकमा सांसदहरुले दशैं तिहार लगायतका चाडपर्वमा यात्रुहरुले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद गणेशकुमार पहाडीले यात्रुले सहज ढंगले टिकट खरिद गर्ने र आवश्यक परे अनलाईनमार्फत नै टिकटको व्यवस्था गर्नुपर्ने बताए । उनले सडकहरुको निर्माण समयमा नै नभएको भन्दै यसले पार्ने असरमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।

सांसद यज्ञराज सुनुवारले लामो समय नचलेका सवारी साधानहरु चाडवाडमा चल्ने भएकाले सवारीसाधनको अवस्थाका बारेमा पनि अध्ययन गर्नुपर्ने बताए ।

त्यस्तै सांसदहरुले छोटो दुरीमा पनि सवारीसाधानको चेकजाँचको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ४५ बजे

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको