संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन : ओली | Khabarhub Khabarhub

संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन : ओली


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटनको बचाउ गरेका हुन् ।

ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै गलत नहुने बताएका छन् । शनिबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले संसद् विघटन गलत रहेको टिप्पणी गरेका थिए । आइतबार सोही विषयमा जवाफ दिँदै ओलीले संसदले काम नगर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय गरिएको भन्दै अहिले पनि संसदले काम गर्न नसकेकाले आफूले गरेको निर्णय ठिक रहेको जिकिर गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनावमा जान कुनै समस्या नरहेको बताएका छन् । उनले आफ्नो सरकारले अरुले पनि सिक्नुपर्ने काम गरेको दाबी गर्दै यत्रो काम गरेको पार्टीलाई चुनावमा जान कुनै समस्या नहुने बताए । उनले आफ्नै पार्टीका केही नेताहरुको कारण सरकारबाट हट्नुपरे पनि खासै क्षति नभएको उल्लेख गर्दै सम्हालिएर अगाडि बढ्ने बताए । उनले चुनावलाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।

अध्यक्ष ओलीले केही पनि काम नगरेकाहरु त चुनावमा जान खोजी रहेको भन्दै एमाले काम गरेको पार्टी भएको उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ५६ बजे

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

चौतारा– सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने  तयारी गरेको छ

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह