सप्तरीका राजकुमारले जिते ‘टीभीएस ६ प्राइजको सर्प्राइज’मा १० लाख « Khabarhub

सप्तरीका राजकुमारले जिते ‘टीभीएस ६ प्राइजको सर्प्राइज’मा १० लाख


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चाडपर्वलाई लक्षित गर्दै टिभिएसले ल्याएको “टीभीएस ६ प्राइजको सर्प्राइज” योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैयाँ जितेका छन् ।

उनले टीभीएस अपाचे आरटीआर १६० ४भी किन्नु अगाडी रु. ७,००० पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी हासिल पारेका हुन्।

जगदम्बा मोटर्स टि. भि. एस् लाई धन्यबाद दिदै उनले भने, “मलाई त पत्यारै लागेको थिएन १० लाख जित्दा, यस धनराशीले मेरो चाडबाडलाई अझ बढी खुसिमय बनाउनेछ ।”

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।

यस योजना यही २०७८, भदौ १० बिहीबारबाट प्रारम्भ भइ सम्पूर्ण चाडपर्वहरुको समापनपछि समाप्त हुनेछ भने यस योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुनेछ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सर्प्राइज प्रदान गर्ने छ। यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी tvsnepal.com/Dashain मा गएर रु.१ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद १० लाखसम्मको भारी नगद हात पार्न सक्ने जगदम्बा मोटर्सले जनाएको छ ।

यति मात्र नभएर दैनिक एक थान रियलमी सी२० स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ।

यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभीएस अपाचे आरआर३१० पाउने सुवर्ण अवसर समेत रहेको मोटर्सले जनाएको छ।

यस योजनाको मुख्य सर्प्राइज बम्पर प्राइज नै रहेको छ । जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारी सँगै प्रोटोन सागा कार जित्नेछन् ।

योजना अवधीभरी सम्पूर्ण विजेताको छनोट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टी.भी बाट प्रसारण गरिनेछ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ३१ बजे

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा