दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट « Khabarhub

दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् ।

उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको तर्क गरे । यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए ।

बिष्टले १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको बताए । उनले एमालेले धेरै विकासका काम गरेकाले आगामी चूनावमा बहुमत सहित सरकारमा जाने दावी गरे ।

नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै रहेको र अरु दलसंग एक्लै लड्ने सामर्थ्य राख्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ३२ बजे

बजेटले सम्बोधन नगरेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटले सम्बोधन

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

नुवाकोट– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय