थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग « Khabarhub

थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् ।

थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय गरेको हो ।

थारू वाहुल्य क्षेत्र रहेको उदयपुर, सिराहा र सप्तरी क्षेत्रमा थारूभाषालाई मान्यता नदिने भाषा आयोगको निर्णयविरूद्ध दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ ।

थारू कल्याणकारीणी सभाका अध्यक्ष शिवनारायण चौधरीले उदयपुर लगायतका जिल्लाका स्थानिय भाषाको मान्यता दिलाउन सांकेतिक रूपमा दबाब दिने कार्यक्रम रहेको जानकारी दिए ।

आगामी भदौ १३ गते त्रियुगा नगरपालिकाको वडा नम्बर १३ हवाई मैदानमा विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिने जनाएको छ । जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन् ।

यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई/मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् ।

पुत्रको सुख, शान्ति र चिरायूका लागि महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३० बजे

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले