चुडामणि शर्मासँग ५० लाख धरौटी माग « Khabarhub

चुडामणि शर्मासँग ५० लाख धरौटी माग


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । शर्मा सोमबार विशेष अदालत काठमाडौँमा उपस्थित भएका थिए ।

सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

विशेषको आदेशपछि शर्मा धरौटीको जोहो गर्न लागेका छन् ।

कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।\

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ३६ बजे

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन सडकमार्ग हुँदै नुवाकोट जाँदै

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तटीय क्षेत्रमा