नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै ! « Khabarhub

नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै !


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको दावी छ । मन्त्रीका लागि सिफारिसमा परेका एक नेताले खबरहबसँग भने, ‘कुरा यही हो । शपथ भएपछि निश्चित होला ।’

नेकपा एसबाट खतिवडाले नेतृत्व गर्ने चर्चा छ । तर मन्त्रीहरुको नाम सिफारिस भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको खतिवडाले बताए । उनले खबरहबसँग भने, ‘मैले अध्यक्ष कमरेडसँग कुरा गर्न पाएको छैन ।’ तर उनले नाम सिफारिस भएको विषय अस्वीकार पनि गरेनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्ता गठबन्धन दलहरुबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि सोमबारै स्थायी कमिटी बैठक गरेर मन्त्रिपरिषद् विस्तारको पहल गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : २९ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ