नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै ! « Khabarhub

नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरुको टुङ्गो लगायो, आलेदेखि झाँक्रीसम्म मन्त्री बन्दै !


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको दावी छ । मन्त्रीका लागि सिफारिसमा परेका एक नेताले खबरहबसँग भने, ‘कुरा यही हो । शपथ भएपछि निश्चित होला ।’

नेकपा एसबाट खतिवडाले नेतृत्व गर्ने चर्चा छ । तर मन्त्रीहरुको नाम सिफारिस भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको खतिवडाले बताए । उनले खबरहबसँग भने, ‘मैले अध्यक्ष कमरेडसँग कुरा गर्न पाएको छैन ।’ तर उनले नाम सिफारिस भएको विषय अस्वीकार पनि गरेनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्ता गठबन्धन दलहरुबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उता गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि सोमबारै स्थायी कमिटी बैठक गरेर मन्त्रिपरिषद् विस्तारको पहल गर्ने निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : २९ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को