आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो « Khabarhub

आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई  ७ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।

जितसँगै हैदराबादको १० खेलमा ४ अंक भएको छ । अझै पनि हैदराबाद पुछारमा नै छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : २० बजे

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको

हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?

काठमाडौं- अमेरिका, इरान र इजरायलको तनावबीच तीनै पक्षबाट महत्वपूर्ण भनाइहरू

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा

माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा नै सरकारी कामकाजी

फिक्कल– इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई औपचारिक रूपमा सरकारी कामकाजको