२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको « Khabarhub

२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै मंगलबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड ३० लाख ११ हजार ७०७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ४८ हजार ८५ छ । यसमध्ये ९२ हजार २९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर अहिलेसम्म २० करोड ९६ लाख ९५ हजारभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार ११२ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या झण्डै एक लाखले बढी हो ।

४७ लाख ६७ हजार संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख ६७ हजार ८९१ पुगेको छ ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६४ हजार १८६ जनामा संक्रमण भएको छ । यस्तै थप ५५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ७ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ९४ हजार ७०२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ४०६ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ४५ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार