मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित « Khabarhub

मन्त्री चयन गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्री चयनका लागि आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएसँगै प्रधानमन्त्री शेरबहादुर  देउबाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि माओवादीले मन्त्री हुनेको नाम आजै टुंगो लगाउने तयारी गरेको थियो ।

तर आन्तरिक छलफल गरेर मात्रै अध्यक्ष पुष्पमल दाहालले बिहीबार ११ बजे बैठकमा नाम प्रस्ताव गर्ने गरी आज अपराह्न ३ बजे तय गरिएको बैठक स्थगित भएको नेता गणेश शाहले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले भने बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताएको थियो ।

सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो । मंगलबार त्यही हेरफेर गरिएको समयमा गुर्नपर्नै संगाठानिक कामबारे छलफल हुने जनाइएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ११ बजे

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर