करणको ‘लाइगर’मा माइक टाइसन « Khabarhub

करणको ‘लाइगर’मा माइक टाइसन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– तेलुगु सुपरस्टार विजय देवरकोण्डा बलिउड निर्माता तथा निर्देशक करण जोहारको आगामी फिल्म ‘लाइगर’मार्फत बलिउडमा डेब्यू गर्दैछन् । यो फिल्ममा विजयसँग अनन्या पाण्डे देखिँदैछिन् ।

करण जोहार प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनले एक विशेष भूमिकामा अभिनय गर्दैछन् । निर्माता करणले ट्वीटरमा यो कुराको जानकारी दिएका हुन् ।

करण जोहारले ट्वीटरमा माइक टाइसको एक इन्ट्रोडक्ट्री भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् । टिजरमा माइकको क्यारेक्टरको छनक पनि देखाइएको छ । ‘हामी भारतीय फिल्मको इतिहासमा पहिलोपटक रिंगका वास्तविक किङ भारतीय फिल्मको पर्दामा देखिँदैछन् । लाइगरको टिममा हामी माइक टाइसनलाई स्वागत गर्दछौं’, उनले ट्वीटेका छन् ।

माइक सन् २००९ मा हलिउड फिल्म ‘ह्यांगओभर’ र सन् २०११ मा यो फिल्मको सिक्वेलमा देखिएका थिए । उनी सन् २०१५ को फिल्म ‘आइपी मेन ३’मा पनि देखिएका छन् । यो एक चर्चित मार्सल आर्टस फिल्म सिरिज थियो ।

फिल्म ‘लाइगर’ हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ । विजयले हिन्दी भर्सनका लागि हिन्दीमा आफैंले संवाद बोलेका छन् । उनले कोही पनि डबिङ कलाकारको सहयोग लिएनन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ०६ बजे

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप