चुट्किला सुनाउन खप्पिस लता मंगेशकर « Khabarhub

चुट्किला सुनाउन खप्पिस लता मंगेशकर


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतकी सुर कोकिला, हिन्दी फिल्मकी लेजेण्ड गायिका भारत रत्न लता मंगेशकर आज आफ्नो ९२ औं जन्मदिन मनाउदैछिन् । गायकीको दुनियाँमा लताले जुन स्थान बनाएकी छन्, त्यो स्थानमा पुग्न जोकोहीलाई निकै गाह्रो नै पर्छ ।

लताले आफ्नो करियरमा करिब ५० हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत छिन् । लता हेर्दा निकै गम्भीर देखिन्छिन् । तर वास्तविकतामा उनी धेरै फरक छिन् ।

लता वास्तविक जीवनमा निकै हसीमजाक गर्छिन् । अर्थात् उनी आफ्नो नजिकका मानिसलाई चुट्किला सुनाउन खप्पिस छिन् । यो कुराको खुलासा गायक उदितनारायण झाले गरेका हुन् ।

उदित केही समयअघि कपिल शर्माको शोमा उपस्थित भएका थिए । जहाँ उनले लतासँग जोडिएको रोचक किस्सा सुनाए ।

उदितले फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा लतासँग डुएट गीत गाएका छन् । ‘म डीडीएलजेको गीत ‘ना जाने मेरे दिल को’ गाइरहेको थिएँ । त्यही बेला स्टुडियोमा लताजी आइपुग्नुभयो । स्टुडियोको ढोका सिसाको थियो । जसै मेरो आँखा लताजीमाथि पुग्यो मेरो होस नै उड्यो । मैले ‘तपाईं यहाँ बस्नुभयो भने म गीत गाउन सक्दिनँ’ भनें । लताजीले ‘म तपाईंको गीत नै सुन्न आएकी हुँ । यही बस्छु र तपाईंको गीत सुन्छु’ भन्नुभयो’, उदितले भनेका छन् ।

त्यसपछि उदितले लतालाई ‘यो सम्भव छैन’ भनेर जवाफ दिए । गीत रेकर्डपछि यश चोपडा त्यहाँ पुगे र सबैजना खाना खान निस्किए ।

‘खाना खाइरहँदा लताजीले यति धेरै चुट्किला सुनाउनुभयो कि हाँसेर नै हामी थकित भयौं,’ उदितले भनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ४० बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका