कांग्रेस महामन्त्री खड्काको स्वास्थ्यमा सुधार « Khabarhub

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्यमा सुधार


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यमा सुधार आएको छ । खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य सुधार भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित भएर घरमै आइसोलेशनमा बसेको र होमोप्याथिक र एलोप्याथिक औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आएपछि सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको उनले जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘होम आइसोलेशनमा सामान्य अबस्थामा बसिरहेको अबस्थामा कोभिड संक्रमणले भेटेको पाँचौ दिनमा बिहान होमियोपेथि र एलोपेथि औषधि एकैपटक खाँदा रियाक्सन हुन गई अक्सिजन लेभल ९७ भए पनि पल्सरेट ५१ मा झरेको थियो ।’

उनले पल्स रेट घटेपछि प्रेसरमासमेत तलमाथि भएको र सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराएको बताएका छन् ।

खड्काले कोरोनालाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ५ : १९ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास