सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया : प्रधानमन्त्री देउवा « Khabarhub

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया : प्रधानमन्त्री देउवा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छ्न्।

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउँदै प्रधानमन्त्री देउवाले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्वमध्येको एक जितिया पर्व पनि भएको उल्लेख गरेका छन् । यस पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन्।

विविध संस्कार, संस्कृति रीतिरिवाज एवं मूल्यमान्यताले जितियालगायत पर्वको विशिष्ट महत्वलाई आत्मसात् गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा प्रतिबद्ध रहेको उनको भनाइ छ । जितिया पर्व मनाउने सबैलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : १८ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद