प्रिती र पवनको ‘आलु जस्तो केटी’ « Khabarhub

प्रिती र पवनको ‘आलु जस्तो केटी’


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गरेका थिए ।

गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाझ ल्याएको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ, तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ’, प्रितीले भनिन् ।

गायक पवनले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताए । गीतमा शब्द प्रितीको र संगीत पवनको छ । एरेञ्ज भने विपिन आचार्यले गरेका छन् ।

गीतमा पवन र प्रितीसँगै रञ्जन पाण्डे र अलिसा शर्मा फिचर्ड छन् । भिडियोमा द नेक्स्ट ग्रुपको प्रदीप लामाको कोरियोग्राफी र निर्देशन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ११ : ०८ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको