रियालाई ‘बिग बोस’मा महंगो पारिश्रमिक | Khabarhub Khabarhub

रियालाई ‘बिग बोस’मा महंगो पारिश्रमिक


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सर्वाधिक विवादास्पद शो ‘बिग बोस १५’लाई लिएर सामाजिक सञ्जालमा जबरजस्त क्रेज बनिरहेको छ । यो शो यसपटक अभिनेत्री रिया चक्रवर्तीका कारण पनि चर्चामा छ । अभिनेता सलमान खानले सञ्चालन गर्ने शोका लागि निर्माताले सर्वाधिक महंगो रकमको प्रस्ताव गरेका छन् ।

इन्स्टाग्राम हेण्डल ‘बिग बोस १५’का अनुसार रियालाई निर्माताले प्रति हप्ता ३५ लाख रुपैंयाँ पारिश्रमिकको प्रस्ताव गरेका छन् । शोमा कुनै पनि सेलिब्रेटीलाई प्रस्ताव गरिएको यो रकम अहिलेसम्मकै ठूलो मानिएको छ ।

यदि रिया सलमानको यो शोमा दुई सातासम्म बसिन् भने उनले सजिलै ७० लाख रुपैंयाँ कमाउनेछिन् । हालसम्म यो कुराको औपचारिक सम्झौता भइसकेको छैन । रिया यो प्रस्तावसँग सकारात्मक रहेकाले उनले चाँडै सम्झौता गर्ने अनुमान लगाइएको छ ।

रिया सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपुतको निधनका कारण चर्चामा रहिन् । त्यहीकारण रिया अहिले ‘ट्रेण्डिङ नाम’का रुपमा परिचित छिन् । रिया यो शोमा सहभागी भइन् भने त्यसको फाइदा निर्मातालाई हुने विश्वास गरिएको छ ।

रियालाई पनि आफूप्रति आम मानिसको नकारात्मक भावलाई परिवर्तन गर्ने यो अवसर हुने निर्माण पक्षको दाबी छ । यद्यपि रियालाई यो शोमा सहभागिता जनाउनका लागि त्यती सहज भने छैन । किनकी रियासँग जोडिएका कैयौं कानूनी प्रावधान अझै अड्किएका छन् ।

‘बिग बोस’को नवौं संस्करणमा अभिनेत्री रिमी सेनले २ दशमलब २५ करोड रुपैंयाँ पारिश्रमिक बुझेकी थिइन् । गत वर्षको सिजनमा सिद्धार्थ शुक्लालाई दुई साताका लागि झण्डै ४० लाख रुपैंयाँ दिइएको थियो । अभिनेत्री रश्मी देसाई हरेक साता २१ लाख रुपैंयाँ पारिश्रमिक पाएर सर्वाधिक पारिश्रमिक बुझ्ने प्रतियोगी बनेकी थिइन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १२ : ५५ बजे

प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न अमेरिका र चीन सहमत

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले गत भदौ २३ र

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या

काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली

हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ?

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले