कंगनाको आक्रोश–‘थलाइवी’को तारिफ नगर्ने ‘बलिउड माफिया’ | Khabarhub Khabarhub

कंगनाको आक्रोश–‘थलाइवी’को तारिफ नगर्ने ‘बलिउड माफिया’


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘थलाइवी’ गत सेप्टेम्बर १० मा रिलिज भयो । यो एक बायोग्राफिकल फिल्म हो, जसमा कंगनाले पूर्व अभिनेत्री तथा तामिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको भूमिका निर्वाह गरेकी छन् ।

फिल्म रिलिज भएपछि एकातर्फ कंगनाको अभिनयको सराहना भइरहेको छ भने अर्कोतर्फ बलिउडका केही सेलिब्रेटीले फिल्मबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो कुरामा कंगना रिस पोखेकी छन् ।

हालैमात्र उनले आफ्नो फिल्मको तारिफ नगर्ने सेलिब्रेटीलाई ‘बलिउड माफिया’ भनेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गरिन् । जुन पोस्टमा उनले आफ्नो रिस पोखेकी छन् ।

‘धेरै कम यस्तो हुन्छ जब कुनै फिल्मलाई यति जोश र सर्वसम्मत मनपराइन्छ र थलाइवी यस्तै एक फिल्म हो । मलाई खुशी लागेको छ कि थलाइवी डा. जे जयललिताका बारेमा सर्वसाधारणले जान्ने मौका पाएका छन् । यो फिल्म बनाउनका लागि मेरो टिमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । जो मेरो फिल्मोग्राफीमा एक हीराको रुपमा चम्किरहेको छ’, उनले लेखेकी छन् ।

उनले अर्को एक स्टाटस पनि लेखेकी छन् । ‘दोस्रोतर्फ म बलिउडको माफियाहरुको प्रतिक्षा गरिरहेकी छु कि उनीहरु हाम्रो राजनीतिक र वैचारिक मतभेदलाई किनारामा राखुन् । जस्तो म एउटा राम्रो कलाको सराहना गर्नुलाई समस्या सम्झन्नँ । उनीहरु पनि आफ्नो तुच्छ मानवीय भावनाभन्दा माथि उठेर एकपटक एक कलालाई जित्न दिऊन । थलाइवी’, उनले लेखेकी छन् ।

एएल विजय निर्देशित फिल्ममा कंगनाका अलावा नास्सार, भाग्यश्री, राज अर्जुन र जिशू सेनगुप्तालगायतको अभिनय छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : ४९ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।