मुख्यमन्त्री राउतको राजीनामा माग « Khabarhub

मुख्यमन्त्री राउतको राजीनामा माग


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न माग गरेको छ ।

अख्तियारको वर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधवार छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

‘संघीयतालाई धरापमा पार्ने किसिमले मूख्य मन्त्री राउतले प्रदेशका मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आफु पनि भ्रष्टार गर्न लिप्त रहेको नेपाली जनतामाझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजातहरु जफत गर्नुले यसलाई पुष्टि गर्दछ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौँ देखि उठाउँदै आएको सर्बविदितै छ । यस्ता किसिमको गतिविधि गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भइरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’

प्रदेश–२ का छोरीहरूलाई विद्यालय पठाउने उत्प्रेरित गर्ने उदेश्यले शुरु भएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममार्फत वितरण भइरहेको साईकलमा अनियमितता भएको विषयलाई लिएर अख्तियारले छापा मारेको थियो ।

उनले राजीनामा नदिई अख्तियारको छानविनमा अवरोध पुर्‍याए राष्ट्रिय एकता अभियानले चरणबद्ध रुपमा अन्दोलन गर्ने जनाएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ४ : ४७ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ