रसुवाको बाढीमा फसेका २७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ११ जना « Khabarhub

रसुवाको बाढीमा फसेका २७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ११ जना


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट २७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डले बिहीबार दिउँसो ३:३० बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना विदेशी नागरिकको उद्धार भएको जनाएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)बाट प्राप्त जानकारीअनुसार तिमुरे र भोटेकोशी क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये भारतका ११ जना, दक्षिण कोरियाका ४ जना, चीनका ८ जना, इटालीका २ जना र अमेरिकाका २ जना रहेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे रसुवा, नुवाकोट, धादिङ र गोरखाका भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान गर्ने, उद्धार गर्ने र सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।

उद्धार गरिएका २७ जनामध्ये २१ जना पुरुष र ६ जना महिला रहेका छन्। उमेरका हिसाबले सबैभन्दा बढी उमेरका उद्धार गरिएका व्यक्ति चीनका ७० वर्षीय झाङ छुआन र भारतका ६९ वर्षीय बलानी याप्पान हुन्।

नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा रहेका अन्य पर्यटक तथा यात्रुको अवस्था पहिचान गर्न निरन्तर समन्वय गरिरहेका छन्।

बाढीमा फसेका तथा घाइते भएकाहरूको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि पनि प्रयास जारी रहेको बोर्डले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : ०४ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह