हतियार नउठाउने आन्दोलन गर्ने बेला आयो : प्रचण्ड | Khabarhub Khabarhub

हतियार नउठाउने आन्दोलन गर्ने बेला आयो : प्रचण्ड


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन गर्ने बेला आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण आन्दोलन गर्ने बेला आएको बताए । उनले आफूहरुको यो आन्दोलन हतियार नउठाइ जितिने तर्क गरे ।

अहिलको चूनाव निकै खर्चिलो भएको र खर्च गर्नेले मात्र चूनाव जित्न सक्ने अवस्था आएको उनको भनाइ छ । त्यस्तै प्रचण्डले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको धारणा राखेका छन् । यसअघि ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको उनले बताए ।

प्रचण्डले आफूले नै बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट प्रतिगमन गरेको र संविधानका उपलब्धि उल्ट्याउने काम भएकाले मिलेर लड्ने निर्णय लिएको जिकिर गरे । त्यस्तै प्रचण्डले प्रतिगमनबिरुद्ध आत्मसमर्पण गर्ने कि आत्महत्या गर्ने कि लड्ने भन्ने विकल्प देखेपनि जोखिम उठाएर लडेको बताए ।

उनले अहिले पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको भन्दै सवैले गम्भीर भएर सोच्नुपर्ने पनि बताए । अखिल (क्रान्तिकारी) को सम्मेलन तीन दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ४३ बजे

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट

पशुपति गौशाला धर्मशाला महानगरपालिकाले सञ्चालन गर्ने

काठमाडौं – पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको