‘क्रेजी लभर’ मा निमा रुम्बा | Khabarhub Khabarhub

‘क्रेजी लभर’ मा निमा रुम्बा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयको विश्रामपछि पपगायक निमा रुम्बा गायनमा फर्किएका छन् । ‘मिस् क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रिति बस्यो’, ‘साझमा पनि’, ‘मेरी प्रियसी’ जस्ता लोकप्रिय गीतका गायक निमा नयाँ गीत ‘पागल प्रेमी–२ (क्रेजी लभर)’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ ।

निमाले आर एण्ड बि र्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ वि.सं. २०५० सालमा ल्याएका थिए, जुन गीत अलटाइम हिट गीत हो । हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । गीतमा निमा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ । यो पप, इडिएम, डिस्को र आर एण्ड बि शैलीको फ्युजन गीत हो ।

अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमा आफैं प्रमुख भूमिकामा छन् । उनको साथमा ‘मिस युनिभर्स नेपाल २०२१’ की विजेता अंशिका शर्मा र ‘मिस्टर यूएसए’ तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले फिचर्ड छन् । यी कलाकारसँगै केहि अमेरिकन कलाकारहरुको पनि अभिनय रहेको छ । भिडियोमा अण्डरकभर मिशनमा रहेका जासुस कथा समेटिएको छ ।

आशिष श्रेष्ठ निर्देशित भिडियोमा पटकथा र सम्पादन पनि उनकै छ । भिडियो युवा फिल्म्स र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन् ।

गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउडस्तरमा तयार भई रिलिज भएकोमा खुसी व्यक्त गरे । गीत रिलिजसँगै उनले आफ्नो केही समयको ग्यापलाई यो गीतले पुर्ण गर्न सफल रहनेमा विश्वास रहेको बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : १८ बजे

फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडी बाटोमै रोकिए (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा

आफ्नो हकहितको लागि अदालत नगएको भन्दै सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको

खगेन्द्र सुनारको गुनासो- मेरो चरित्र हत्या गर्ने काम भयो

काठमाडौं– दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम

‘विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच वार्ता र संवादबाट समस्या समाधान गर्नुपर्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र

सर्वोच्चले माग्यो ओली र लेखकको पासपाेर्ट रोक्का गर्नुको लिखित जवाफ

काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको