लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध « Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै संसदमा राजपाको विरोध


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले तराईं–मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पनि राजपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

लामो समयदेखि आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक माग गर्दै आएको तथा सदनबाट सो विषयमा रुलिङ भइसक्दा पनि सरकारले कुनै चासो नदिएको चौधरीको भनाइ थियो । साथै, सरकारले संसदको रुलिङ उल्लंघन गरेको पनि सांसद चौधरीले आरोप लगाइन् ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक शुरु भएको जानकारी गराउसाथ राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख महराले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख महराले भने राजपाका सांसदहरुको विरोधप्रति सरकारको पर्याप्त ध्यान गएको बताए । लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने सभामुखकको आश्वासन पछि राजपाका सांसदहरुले विरोध स्थगित गरेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १ : ०५ बजे

चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको

वीरगञ्जमा कर्फ्यूको समय थपियो

पर्सा – जिल्ला प्रशासन कार्यालयले पर्साले कर्फ्यूको समय थप गरेको

किमाथाङ्का अरुण आयोजनाको काम तत्काल अगाडि बढाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौं – किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने

कांग्रेस बैठक सर्‍यो : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ

कार्की आयोगमा ओलीले दिएको जवाफका पाँच बुँदा

काठमाडौं – भदौ २३ र २४ गतेको घटनाको विषयमा जाँचबुझ