साहाराविहीन बन्दै वृद्धा « Khabarhub

साहाराविहीन बन्दै वृद्धा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् ।

पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ । विदेशमा रहेका सन्तानले यहाँका अस्पतालका चिकित्सकलाई सोझै टेलिफोन गरेर उपचारको साहारासमेत लिने गरेका छन् । वृद्धा बिरामी हुँदा साथमा सन्तान नहुँदा मनोवैज्ञानिक प्रभावसमेत पर्ने गरेको छ ।

फिजिसियन डा भोजराज अधिकारी कोभिडको सङ्क्रमण उच्च बिन्दुमा पुग्दै गर्दा मृत्यु भएका वृद्धालाई सन्तान नआउने समयसम्मका लागि राख्ने ठाउँको अभाव भएको स्मरण गर्छन् । उनले भने, “शरीर तन्दुरुस्त हुँदै गर्दा खासै खोजी नभए पनि स्वास्थ्य जटिल बन्दै गएपछि सन्तानको अभावमा थप जटिलता देखिँदो रहेछ ।” आफ्नो सम्पत्तिसँगैका आर्थिक व्यवहार सन्तानलाई हस्तान्तरण गर्न नसकेको पीडामा वृद्धवृद्धा झन् बढी चिन्तित हुने गरेको डा अधिकारी बताउँछन् ।

सन्तानले उपचारका लागि पर्याप्त रकम पठाए पनि सन्तुष्टि नमिलेकै कारण वृद्धाको स्वास्थ्य झन् जटिल बन्ने गरेको उनको अनुभव छ । बिरामी पर्दा नजिकको नातेदार पाउनसमेत कठित हुने गरेको चिकित्सक बताउँछन् ।

मनोचिकित्सक डा गिरिराज भन्तना आफैले जन्माएर, हुर्काएर, पढाएर कमाउने समयमा आफूबाट टाढा भएपछि मनमा विभिन्न कुरा खेलाएर आउने वृद्धा धेरै भएको बताउँछन् । उनले भने, “छोराछोरी विदेशमा भएर पनि दुःख गरिरहेको देख्दा यहाँ बस्ने आमाबुबालाई थप पीडा हुँदो रहेछ ।” विदेशमा पनि कडा परिश्रम गरेर काम गरिरहेका सन्तानप्रति बाबुआमाको धेरै चिन्ता हुने गरेको पाइएको भन्तना बताउँछन् । उनले भने, “छोराछोरी विदेश हुने वृद्धवृद्धा मन विचलित भएर उपचारका लागि आउने गर्दछन् ।”

विदेशमा भएका र स्वदेशमै रहेर पनि बुढेसकालमा नहेरेर धेरै वृद्धाश्रमसम्म पुग्ने गरेका पाइन्छन् । यहाँको पवित्र तीर्थस्थल देवघाटमा सरकारीसँगै सामाजिक सङ्घसंस्थाले वृद्धाश्रम सञ्चालन गरेका छन् । रोटरी क्लब अफ चितवनले रोटरी करुणालय सञ्चालन गर्दै आएको छ । क्लबका पूर्वअध्यक्ष भोजराज कौडाल छोराछोरीले नहेरेर साहाराका लागि वृद्धाश्रममा आउने गरेको बताउँछन् । सन्तान विदेशमा भएर रेखदेख गर्ने मानिसको अभावमा धेरै वृद्धवृद्धाले दुःख पाइरहेको कौडाल बताउँछन् । उनले भने, “विदेशमा सन्तान भएकाका बाबुआमा धेरै अहिले पनि वृद्धाश्रममा बस्न बाध्य छन् ।”

ज्येष्ठ नागरिक सङ्घका प्रमुख सल्लाहकार बद्री तिमिल्सिना ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्ने बताउँछन् । उनीहरुको सम्पत्ति राज्यको बनाएर वृद्धावस्थामा रेखदेख सरकारकोतर्फबाट गर्नुपर्ने उनको राय छ । विदेशमा मात्रै होइन, स्वदेशमै रहेका कैयौँले आफ्ना वृद्ध बाबुआमालाई नहेरेर दुःख पाइरहेको तिमिल्सिना बताउँछन् । उनले भने, “सन्तान जन्माएर हुर्काएर पढाएर बुढेसकालमा बेसहारा बन्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।” स्वदेश वा विदेश जहाँ भए पनि आफ्ना बाबुआमाको रेखदेख सन्तानले नगर्नु दुःखद् रहेको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा टीकाराम गौतम अहिले नेपालको सामाजिक संरचना सङ्क्रमणकालीन भएको बताउँछन् । उनले भने, “हामी एउटा सामाजिक संरचनाबाट अर्को सामाजिक संरचनामा परिवर्तन हुँदैछौँ । यस्तो अवस्थामा वृद्धवृद्धाले अनपेक्षित समस्या भोग्नुपर्छ ।”

अहिले वृद्धाको अपेक्षा एउटा हुने र नयाँ पुस्ताको चाहना अर्को हुने हुँदा वृद्धवृद्धाको चाहना पूरा हुन नसक्ने जनाउँदै उनले भने, “नयाँ पुस्ताले वृद्धाको चाहना पूरा गर्न सक्दैनन् । त्यसले वृद्धामा मनोवैज्ञानिक, सामाजिक र आर्थिक समस्या भोग्नुपर्छ ।” वृद्धवृद्धा नेपालको पुरातन शैलीअनुसार अपेक्षा गर्ने बताउँदै उनले नयाँ पुस्ताले विश्वव्यापी पारिवारिक मान्यताअनुसार चल्न चाहँदा समस्या भएको बताए ।

समाजमा राम्रो छवि बनाएका सम्पन्न र शिक्षित परिवारमै यो समस्या बढी देखिने गरेको छ । शरीरले सकुञ्जेल र बिरामी नहुँजेल वृद्धाले कसैसँग गुनासो गरेको पाइँदैन । उनीहरु यो समस्या खुलेर राख्न पनि चाहँदैनन् । वास्तविक पीडा लुकाइरहेका हुन्छन् । साहाराको खोजी गर्नुपर्ने अवस्था सिर्जना हुन्छ तब मात्रै उनीहरुको वास्तविकता बाहिर आउने गर्दछ । रासस

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ०२ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’