ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी « Khabarhub

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस प्रमुख प्रतिस्पर्धी


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो ।
प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ ।

आफूलाई एमालेले नेपाली कम्युनिष्टको मुख्यधारा भएको र एकता चाहने पार्टी भएको विश्लेषण गरिएको छ ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाविधेशन सुरु भएको हो । तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेको छ भने महासचिब ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिब विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्दैछन् ।

शुक्रबारै ती दस्तावेजमाथि छलफलका लागि समूह विभाजन गर्ने भनिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : २५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको