प्रचण्डबारे ओलीको विश्लेषण : कार्यकारी अधिकार पाएपछि निवासलाई पार्टीको हेडक्वाटर बनाए (पूर्णपाठ) « Khabarhub

प्रचण्डबारे ओलीको विश्लेषण : कार्यकारी अधिकार पाएपछि निवासलाई पार्टीको हेडक्वाटर बनाए (पूर्णपाठ)


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएपछि आफ्नो निवासलाई पार्टीको हेडक्वाटर बनाएको विश्लेषण गरेका छन् । शुक्रबार सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डबारे यस्तो विश्लेषण गरिएको हो ।

२०७४ को आम निर्वाचनमा गठबन्धन गरेर चुनाव लडे पनि चुनावी परिणामपछि प्रचण्ड एमाले नेतृत्वको सरकारको पक्षमा नरहेको ओलीको विश्लेषण छ । संसदमा रहेको सबैभन्दा ठूलो मधेश केन्द्रित दलले संसदको सबैभन्दा ठूलो पार्टीलाई विपक्षमा राख्न नहुने बताएपछिमात्र बाध्य भएर एमाले नेतृत्वको सरकार स्वीकार गरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको भन्दै सरकारका कामको लामो फेहरिस्त प्रस्तुत गरेका छन् । सरकारले तिब्ररुपमा काम गरिरहेका बेला पार्टीमा किचलो निकालिएको उनले बताएका छन् । प्रचण्डले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने नीति लिएकोसमेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ४ : ४३ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा