हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल « Khabarhub

हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा एकमात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सामूहिक भावनासहित एकजना उम्मेदवार बन्ने उनले बताए ।

गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले आकांक्षी धेरै भए पनि अन्तिममा एकजनामात्र उम्मेदवार बन्ने बताए । पौडेल समूहमा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन् ।

पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुन् । सभापतिका आकांक्षीबीच पटक पटक सहमतिको प्रयास भए पनि हालसम्म टुंगो लागेको छैन ।

नेता पौडेलले आफूहरु पार्टी भित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेको भन्दै अहिले कसैले पनि सभापतिको उम्मेदवार मै हुँ नभनेको बताए । सामूहिकरुपमा छलफल गरेर एकजना उम्मेदवार बन्ने र सबैको भावना समेटिने बताए । उनले कांग्रेसलाई पनि एक ढिक्का बनाउने प्रतिवद्धता गरे ।

आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन हुँदैछ । सभापति शेरबहादुर देउवा र उपसभिापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहका नेताहरुले सभापतिको उम्मेदवार बन्ने बताए पनि औपचारिक घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : २४ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको