आमालाई मार्ने धम्की दिँदै ग्लोरियाको यौन शोषण « Khabarhub

आमालाई मार्ने धम्की दिँदै ग्लोरियाको यौन शोषण


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– यौन शोषण मनोरञ्जनको दुनियाँमा एउटा ठूलो मुद्धा बनेको छ । आफूमाथि भएको यौन दुव्र्यवहारको विषयमा सर्वसाधारणमात्र होइन, सेलिब्रेटीले पनि खुलेर बोल्ने गरेका छन् ।

हालैमात्र गायिका ग्लोरिया इस्टेफनले आफ्नो जीवनका संघर्षका बारे धेरै कुरा बताइन् । उनले आफूलाई ९ वर्षको उमेरमा कसरी यौन शोषण गरियो भन्ने कुराको खुलासा गरेकी छन् । हालैको एक अन्तरवार्तामा ग्लोरियाले आफ्नो आमाले जो व्यक्तिमाथि विश्वास गरेकी थिइन्, तिनै व्यक्तिले आमाको नाम लिएर आफूमाथि यौन शोषण गरेको उल्लेख गरेकी छन् ।

‘रेड टेबल टक’को एक एपिसोडमा ग्लोरियाले आफूमाथिको पीडा बारे बोलेकी छन् । ‘ऊ परिवारको हिस्सा थियो । तर परिवारको विशेष नजिक भने थिएन । ऊ मलाई संगीत सिकाउथ्यो र मेरी आमासँगको पहिलो भेटमा उसले मेरो यति धेरै तारिफ गर्यो कि त्यसको बहकाऊमा आमाले आफूलाई भाग्यमानी सम्झिइन् । आमालाई संगीत शिक्षकले मेरो राम्रो हेरविचार गर्छ भन्ने सोचिन्’, उनले भनेकी छन् ।

ग्लोरियाका अनुसार त्यो व्यक्तिले सुरुमा उनलाई विस्तारै विस्तारै जिस्काउन थालेको थियो । त्यसपछि विस्तारै उनलाई दुःख दिन थाल्यो । ‘मैले उसलाई यो हुन सक्दैन भनें । तिमी यसो गर्न सक्दैनौं भनें । तर उसले मलाई ‘तिम्रो पिता भियतनाममा छन् र यदि तिमीले आमालाई केही भन्यौ भने म आमालाई मारिदिन्छु’ भन्दै धम्क्यायो’, उनले अगाडि भनेकी छन् ।

तर ग्लोरियाले आफूमाथि भएको घटनाबारे आमालाई बताइन् । जसै छोरीले पाएको दुःख उनले सुनिन्, त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरिन् ।

ग्लोरिया अहिले ६४ वर्षको भएकी छन् । उनी गायनसँगै गीत लेख्छिन्, फिल्ममा अभिनय गर्छिन् र व्यापार व्यवसाय पनि सम्हाल्छिन् । उनले ‘विवो’, ‘फादर अफ द ब्राइड’, ‘म्यूजिक अफ द हर्टस’, ‘क्लब मेड’, ‘रुट्स अफ रिदम’ र ‘द ल्याटिन एक्सप्लोजन’ जस्ता कैयौं प्रोजेक्ट र एलबमका लागि गीत गाएकी छन् । उनले तीन पटक ‘ग्रामी अवार्ड’ पनि जितेकी छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ५४ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका