रोशनसँग नम्रताको ‘चुपचाप’ रोमान्स « Khabarhub

रोशनसँग नम्रताको ‘चुपचाप’ रोमान्स


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल नम्रता सापकोटा र गायक तथा मोडल रोशन अधिकारी फिचर्ड गीत ‘चुपचाप’को भिडियो सार्वजनिक भएको छ । गीतमा रोशन र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत र शब्द छ ।

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको भिडियोमा विधान कार्कीको निर्देशन छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मोडल नम्रताले गीतको भाव अनुसार आफूले काम गरेको दाबी गरिन् ।

निर्देशक कार्कीले रोमान्टिक शैलीमा रोशन र नम्रताको क्यामेष्ट्रीलाई पर्दामा उतार्न निकै मेहनत गरेको बताए । नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा भिडियो निर्माण गरिएको हो ।

भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र माधव शर्माको सहायक निर्देशन छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ०५ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका