‘विरोध छैन’को रकम सामाजिक सेवामा | Khabarhub Khabarhub

‘विरोध छैन’को रकम सामाजिक सेवामा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘विरोध छैन’को भिडियो सार्वजनिक भएको छ । गीतमा सरला श्रेष्ठको शब्द र कृति न्यौपानेको संगीत छ ।

गीतको भिडियोमा कुसुम थापा र हेमप्रभाष अधिकारी फिचर्ड छन् । भिडियोमा गरिबीको पीडापश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

कुसुम र हेमको जोडीलाई निर्देशक खनालले सुन्दर रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा कलाकार पदमप्रसाद अधिकारीलाई पनि देख्न सकिन्छ ।

आङ्चेन लामाको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार सरलाले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्धत गर्दै आइरहेको शारीरिक तथा मानसिक अशक्तहरुको सेवामा खर्चिने प्रतिबद्धता जनाएकी हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका