स्रोत नखुलेको साढे १५ लाख रुपैयाँ बोकेर भारतीय नागरिक वीरगञ्ज पुगेपछि…. « Khabarhub

स्रोत नखुलेको साढे १५ लाख रुपैयाँ बोकेर भारतीय नागरिक वीरगञ्ज पुगेपछि….


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साढे १५ लाख स्रोत नखुलेको रकमसहित शुक्रबार वीरगञ्जमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सो रकम हुण्डीको भएको अनुमान छ । हुण्डी कारोबार भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई वीरगंज–२५ सिर्सियास्थित छोटी भन्सार नजिकैबाट नियन्त्रणमा लिएको हो । उनीहरुले सो रकम उनीहरुले हेल्मेटमा लुकाएर राखेका थिए ।

प्रहरीले रकम फेला पारेपछि स्रोत खुलाउन भनेको थियो । तर, उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ०८ बजे

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी