पूर्व नेपाली राजदूतहरूको सङ्गठन र इजरायलको राजदूत क्लबबीच सम्झौता « Khabarhub

पूर्व नेपाली राजदूतहरूको सङ्गठन र इजरायलको राजदूत क्लबबीच सम्झौता


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ज्ञान, अनुभव एवं संस्कृतिको आदानप्रदान बढाउने उद्देश्यले पूर्व नेपाली राजदूतहरूको सङ्गठन (एफएनए) र इजरायलको राजदूत क्लब (एसीआई) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

इजरायलस्थित नेपाली दूतावासमा आयोजित भर्चुअल कार्यक्रमबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा एफएनएको तर्फबाट सङ्गठनका अध्यक्ष डा. शम्भुराम सिम्खडा र एसीआईको तर्फबाट क्लबका अध्यक्ष एक्जा केल्डेनले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफ्नो कार्यकालको छोटो समयमै दर्जनौँ सम्झौता तथा समझदारीमा हस्ताक्षर भई दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताइन् । आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वाससमेत व्यक्त गरिन् ।

समझदारी पत्रमा हस्ताक्षर गरेपश्चात् दुवै अध्यक्षले यो सुरुवात मात्रै भएको र दुई देशबीच सुमधुर रही आएको दशकौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी दिनमा सक्रिय सहकार्य गर्ने सङ्कल्प गरेका छन् ।

कार्यक्रममा इजरायलका लागि पूर्व नेपाली राजदूत तथा पूर्व मन्त्री निरञ्जन थापा, अस्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पा, बङ्गलादेशका लागि पूर्व नेपाली राजदूत डा. चोपलाल भुसाल, कतारका लागि पूर्व नेपाली राजदूत रमेश कोइरालालगायत एफएनएमा आबद्ध पूर्व नेपाली राजदूतहरूसमेत उपस्थित थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ५० बजे

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार : राष्ट्र बैङ्क

काठमाडौं– नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै