मोटरसाइकलमा बस्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने | Khabarhub Khabarhub

मोटरसाइकलमा बस्ने दुवै जनाले हेल्मेट लगाउनुपर्ने नियम तत्काल कार्यान्वयन नहुने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकलमा यात्रा गर्ने दुवै जनाले हेल्मेट (टोप) लगाउनुपर्ने नियम तत्कालै कार्यान्वयन नहुने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्रै अब मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने नियम कार्यान्वयन गरिने जनाएको थियो ।

तर, सामाजिक सञ्जालमा उक्त घोषणाको व्यापक विरोध भएपछि ट्राफिक प्रहरी महाशाखाले उक्त नियम तत्काल कार्यान्वयन नहुने जनाएको हो ।

ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा (२) बमोजिम दुईपाङ्ग्रे सवारी (मोटरसाइकल) चलाउँदा चालक तथा सो सवारीमा बस्ने मानिसले पनि हेल्मेट लगाउनुपर्ने नियम कार्यान्वयन गरिने जनाएको थियो ।

तर, सोमबार भने उक्त नियम यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारबावाला निकायबीचको समन्वय र सहकार्यपश्चात मात्रै कार्यान्वयन हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : ०८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर