‘उनी आउने’मा ओमविक्रम विष्ट « Khabarhub

‘उनी आउने’मा ओमविक्रम विष्ट


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ‘पपसम्राट’का रुपमा परिचित गायक ओमविक्रम विष्टको नयाँ गीत ‘उनी आउने’ सार्वजनिक भएको छ । गीतमा ओमकै संगीत छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिइरहेका विष्टले यो गीत केहीवर्षअघि नै तयार गरेका थिए ।

म्याक्स टिभी नेपालले निर्माण गरेको गीतको भिडिओमा अमेरिका बस्दै आएका अभिनेता राजबल्लभ कोइरालाले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै संजिता कोइराला पनि फिचर्ड छिन् ।

एलबम ‘मोडहरुमा’ समावेश यस गीतमा विजय शिवाकोटीको शब्द छ । एकदशक अघि फिल्म ‘कलिउड’ निर्देशन गरेका निर्देशक नवराज आचार्यले भिडियोको निर्देशन गरेका छन् । अमेरिकामा छायांकन गरिएको भिडियोमा भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिङ र शम्भु मोक्तानको छायांकन छ । भिडियोमा एन्सेर्ज गुरुङ, जङ्ग्बु शेर्पा र नवीन ढकालको पनि अभिनय रहेको छ ।

अभिनेता कोइरालाले गायक विष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको बताए । राजले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेका छन् । पछिल्लो पटक उनले तीन वर्षअर्घि अम्बिका गुरुङ र रामकृष्ण ढकालको गीतमा अमेरिकामा नै अभिनय गरेका थिए । कोइरालाले ‘पर्खि बसें’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढी नेपाली फिल्मसँगै हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा पनि अभिनय गरेका छन् ।

गायक ओमका ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ’मलाई मात्रै हो कि प्रिति बिझाएको’जस्ता गीत हिट छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : २९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा