ईपीएलमा आज दुई खेल, कुन-कुन टिमको भिडन्त ? « Khabarhub

ईपीएलमा आज दुई खेल, कुन-कुन टिमको भिडन्त ?


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले जितविहिन छ ।

ललितपुर र चितवनबीचको खेल दिउँसो १:३० बजे हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।

चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ५० बजे

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख