पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा « Khabarhub

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीलाई जिताउन सकेनन् । यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६ रनमा आउट भए  ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए ।

जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा छ । पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : २५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा