फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य १ करोड ९९ लाख | Khabarhub Khabarhub

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, सुरुवाती मूल्य १ करोड ९९ लाख


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिनर विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको घोषणा गरेको छ।

यसको शुरुवाती नेपाली मूल्य १.९९ करोड रहेको छ। पहिलो पटक २००३ माबजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो।

फोर्ड एभरेष्टमा १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट रहेको र त्यसले सजिलै गति लिन मद्दत गर्नुका साथै चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउने जनाइएको छ ।

यसमा ७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स एसवाएमसी ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल, फोर्ड माइकी लगायतको फचर रहेको फोर्डले जनाएको छ ।

ठूलो गाडी भएपनि एभरेष्ट चलाउन एकदमै सजिलो र आरामदायी हुने फोर्डले छ। जसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने दाबी गरिएको छ ।

यसबाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ। यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउने बताइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : ३४ बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा