शाहरुखपुत्र आर्यन हिरासतमा | Khabarhub Khabarhub

शाहरुखपुत्र आर्यन हिरासतमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठ व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेर हिरासतमा राखेको छ । आर्यनमाथि एक क्रुज रेव पार्टीमा सहभागिता जनाएको आरोप लागेको छ । एनसीबीले शनिबार राती मुम्बईमा रेव पार्टी भइरहको एक क्रुजमा छापा मारेको थियो ।

पार्टीमा आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेन्टलगायत सहभागी थिए । एनसीबीले एनडीपीएस एक्ट १९८५ अन्तर्गत रहेर सबैलाई पक्राउ गरेको हो । यद्यपि आर्यन एकदिनको एनसीबी कस्टडीमा छन् । एनसीबीले आर्यनसहित अन्य व्यक्तिसँग कोकिन, चरेस र एमडी जस्ता लागुपदार्थ भेटिएको दाबी गरेको छ ।

आर्यनसहित सबैलाई नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटान्सेज एक्ट(एनडीपीएस)को धारा ८–सी, २०–बी, २७ र ३५ अनुसार कारवाही गरिएको छ । यो धारा अनुसार ड्रग्सको सेवन गर्ने व्यक्तिलाई अधिकतम एक वर्षको जेल सजाय या २० हजार जरिवाना दिने प्रावधान छ ।

आर्यनलाई अदालतमा पेश गरिरहँदा अभियोजन पक्षका वकिल अद्वैत सेठनाले आर्यनलाई दुई दिन एनसीबीको हिरासतमा राख्न माग गरेका थिए । तर अदालतले एकदिनको मात्र मञ्जुरी दिएको थियो । आर्यनका वकिल सतीश माने सिन्देले क्रुमा आर्यनको नाममा क्याबिन बुक नभएको र उनलाई सिट नभएको उल्लेख गरेका छन् । आर्यनसँग बोर्डिङ पास पनि नरहेको वकिलको दाबी छ । उनी साथीहरुको निम्तो मान्न गएको वकिलको भनाई छ । वकिलका अनुसार आर्यनलाई केवल ह्वाट्स एप च्याटको आधारमा पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ११ : ३३ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र