अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल र भरत अटाएनन् | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल र भरत अटाएनन्


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

उनले कप्तान विराज महर्जनको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेका छन् । यस्तै, लामो समयदेखि राष्ट्रिय टोलीको स्थायी सदस्यका रुपमा रहेका स्ट्राइकर विमल घर्ती मगर र भरत खवासलाई टोलीमा राखेका छैनन् । ‘भरत खवास र विमल दुवै खेलाडी राम्रो हुन् । तर, अभ्यासका क्रममा फिट नभएपछि टोलमा नराखिएको हुन सक्छ,’ नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने ।

टोली घोषणा गरेका प्रशिक्षक कालिनले दुवै देशसँगको मैत्रीपूर्ण खेल राम्रो हुने अपेक्षा रहेको बताएका छन् । मलेसिया र ताइपेईसँगका खेल विश्वकप २०२२ को क्वालिफायरर्सको अभ्यास खेलका रुपमा हेरिएको छ । नेपालले जुन २ मा मलेसियासँग र जुन ६ मा चाइनिज ताईपेईसँग खेल्नेछ ।

नेपाली टोलीः

गोलकिपरः किरण कुमार चेमजोङ, एलेन न्यौपाने, विकेस कुथु

डिफेन्डरः विराज महर्जन, सरोज दहाल, रेजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल
मिडफिल्डर तथा फरवार्डः सुनिल बल, रवि पासवाङ, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ४७ बजे

नाडा अटो शो मंगलबारदेखि

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ भोलि (मंगलबार)देखि

टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार

सिटिजन्स म्युचुअल फण्ड–२ ले ८.२५ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स बैंक कोष प्रवर्द्धक भएको र सिटिजन्स क्यापिटलको योजना

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक

सिरहामा यसवर्षको रोपाइँ अन्तिम चरणमा

सिरहा– लामो समयको खडेरीपछि सिरहामा रोपाइँ अन्तिम चरणमा पुगेको छ