विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा « Khabarhub

विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका बिचार गर्नुपर्ने बेला आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् ।

कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने उनीहरुको भनाइ छ । बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै बिवाहको उमेर १८ बर्ष राख्नुपर्ने धारणा राखे ।  उनले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताए ।

त्यस्तै सांसद मीन विश्वकर्माले लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताए । उनले अब बिबाहको उमेर १८ मा झार्नुपर्ने उल्लेख गरे । शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुले समाजमा बिकृती उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको धारणा राखेका थिए । समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको हो।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ५६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट