विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा « Khabarhub

विवाह गर्ने उमेरको प्रावधानबारे बिचार गर्नुपर्ने सांसदहरुको धारणा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका बिचार गर्नुपर्ने बेला आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् ।

कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने उनीहरुको भनाइ छ । बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै बिवाहको उमेर १८ बर्ष राख्नुपर्ने धारणा राखे ।  उनले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताए ।

त्यस्तै सांसद मीन विश्वकर्माले लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताए । उनले अब बिबाहको उमेर १८ मा झार्नुपर्ने उल्लेख गरे । शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुले समाजमा बिकृती उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको धारणा राखेका थिए । समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको हो।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ५६ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको