भन्सार सहुलियतको चिनी नआउँदा सुपथ मूल्य पसल अनिश्चित « Khabarhub

भन्सार सहुलियतको चिनी नआउँदा सुपथ मूल्य पसल अनिश्चित


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दसैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ ।

चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ कार्यालयले जनाएको छ । गत वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन ।

कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताए ।  “भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ”, उनले भने, “चिनी आउँदासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।”

दसैँअघि पसल खोल्न अब असम्भव देखिन्छ । बेलैमा चिनी आए तिहार र छठलाई लक्षित गरेर पसल खोल्ने योजना कार्यालयले बनाएको छ । सहज स्थितिमा दशैँको नवदुर्गा लाग्नुअगावैदेखि पसल सञ्चालनमा आइसक्थ्यो ।

चाडपर्वका बेला उपभोक्तालाई थोरै भएपछि सहुलियत दिने उद्देश्यले कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नून बेच्ने गर्छ । कार्यालय प्रमुख श्रेष्ठले काठमाडौँबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताए ।

“वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो”, उनले भने, “मन्त्रालय तहबाटै पक्रिया लम्बिए जस्तो देखिन्छ ।” चाडपर्वमा अभाव हुन नदिन कर्पोरेशनले गत वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।

अर्थ मन्त्रालयको स्वीकृतिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्छ । चिनी खरिदको प्रक्रिया लम्बिदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । पसल खुले सस्तोमा चिनी/नून किन्न पाइने आशमा उपभोक्ता छन् । पसल सञ्चालनमा आउँदा दैनिक सयौँको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मेको स्थिति बन्छ ।

पसलबाट करोडौँको चिनी र नून बिक्री हुन्छ । कर्पोरेशनबाहेक खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दूग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्छन् । दसैँअघि खुल्ने त्यस्ता पसलले छठसम्म उपभोक्तालाई सेवा दिन्छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

ट्रकको ठक्करबाट दुई युवकको मृत्यु, चालक फरार 

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर