विश्वभर दैनिक थपिनेभन्दा २ लाख बढी कोरोनामुक्त | Khabarhub Khabarhub

विश्वभर दैनिक थपिनेभन्दा २ लाख बढी कोरोनामुक्त

४ हजार ५७९ को मृत्यु


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २१ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरले मंगलबार विहानसम्म गरेको अपडेटअनुसार अमेरिकामा ५९ हजार ८२७, बेलायतमा ३५ हजार ७७, टर्कीमा २८ हजार ८१०, रुसमा २५ हजार ७८१, भारतमा १६ हजार ७६२ ब्राजिलमा १० हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ हजार ५७९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा ८८३, अमेरिकामा ५२६, टर्कीमा २४८, भारतमा २५४, ब्राजिलमा १९९ र बेलायतमा ३३ जनाको मृत्यु भएको छ ।

यही अवधिमा ५ लाख २५ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । निकोहुनेमा अमेरिकाका धेरै छन् । जहाँ एक लाख ३८ हजार ४३ जना एकैदिन निको भएका हुन ।

यसैगरी बेलायतमा ३५ हजार, टर्कीमा ३३ हजार भारतमा २९ हजार ब्राजिलमा १९ हजार र रुसमा १४ हजार बढी कोरोनामुक्त भएका छन् ।

यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ करोड ३१ लाख ६३ हजार ८७७ पुगेको छ । कुल संक्रमित २३ करोड ६१ लाख १० हजार १०७ मध्ये हालसम्म ४८ लाख २१ हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरूले आफूमाथि अत्यधिक नकारात्मक समाचार