मिडिया काउन्सिल विधेयकमाथि गहन छलफल गर्नैपर्छ- नेता रावल « Khabarhub

मिडिया काउन्सिल विधेयकमाथि गहन छलफल गर्नैपर्छ- नेता रावल


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकका विषयमा गम्भीर छलफलको आवश्यक रहेको बताएका छन् ।

पत्रकार महासंघ लगायत सरोकारवाला पक्षले विधेयकको विरोध जनाइरहँदा नेता रावलले गहन छलफल गर्नुपर्ने बताएका हुन् । उनले विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको हुँदा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा अंकुश लाग्ने अवस्था उत्पन्न हुन नदिन र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने बताए ।  सरकारले वैशाख अन्तिम साता राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता गरेको थियो ।

विधेयकमा मिडिया काउन्सिलले २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्नसक्ने, सरकारले काउन्सिललाई र काउन्सिलले सञ्चार माध्यमलाई निर्देशन गर्नसक्ने, पदाधिकारीहरूलाई सरकारले जुनसुकै बेला बर्खास्ती गर्न सकिने जस्ता प्रावधान छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै फिर्ता लिन माग गर्दै आएको छ भने पत्रकार महासंघ चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ६ : ५३ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले