‘एटीएम’मा नेपाली भाषा अनिवार्य लागू गर्न निर्देशन « Khabarhub

‘एटीएम’मा नेपाली भाषा अनिवार्य लागू गर्न निर्देशन


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र बैंकले नेपालका सबै बैंकहरुलाई आफ्ना ‘एटीएम’मा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ ।

एटीएमको भाषालाई नेपालीकरण गर्न राष्ट्र बैंक्ले ३० दिने अल्टिमेटम समेत दिएको हो । एटीएममा नेपाली भाषा नभएकाले असहजता भएको गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाइएको नपाइएमा भुक्तानी तथा फछ्र्याैट ऐन, २०७५ अनुसार कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ ।

हाल राष्ट्रिय वाणिज्य बैंक र अन्य केही निजी बैंकले मात्र नेपाली भाषामा एटीएम सेवा दिँदै आएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार देशभर कुल ४० लाख ७१ हजार सक्रिय एटीएम कार्ड प्रयोगकर्ता र्छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ०१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य