अनलाइनबाट किनेको सामान जब भालुले चोरेर हिड्यो…(भिडियोसहित) « Khabarhub

अनलाइनबाट किनेको सामान जब भालुले चोरेर हिड्यो…(भिडियोसहित)


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनलाइनमा सामान किन्ने अहिले एक ट्रेण्ड नै चलेको छ । बजार नगई बजारको सामान घरमा नै पाउने भएपछि धेरैले अनलाईन सपिङ गर्दछन् । र डेलिभरीकर्ताले घरसम्म सामान ल्याएर दिन्छन् । तर अमेरीकामा भने अनलाइन सपिङमा अनौठो घटना भएको छ ।

अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलमा एक महिलाले आफ्नो घरको ठेगना दिदैँ अमेजन अनलाईनबाट एक सामान मगाइन् । उनको अर्डर दिन आएका डेलिवरी ब्वाईले घरको सो ठेगानामा पुग्दै घर बाहिर नै सामान छाडेर गए । तर अचानक एक भालू आई अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भाग्यो ।

अनलाइनमा सामान किनेकी ब्रिस्टल निवासी क्रिस्टिन लेविन जब आफ्नो अर्डर लिन बाहिर आइन तब उनले सामान पाइनन् । उनले आफ्नो सामान कसैले चोरी गरेको शंका गरीन् र सिसिटिभी फुटेज हेरीन् । तब मात्र अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको पत्ता लाग्यो । भालुले चोरेको सामान चाँहि ट्वाइलेट पेपर थियो ।

 स्रोत जी न्यूज

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ११ : ५० बजे

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति