अस्ताए ‘रामायण’का ‘रावण’ « Khabarhub

अस्ताए ‘रामायण’का ‘रावण’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय टेलिभिजनको सर्वाधिक सफल शो ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनी ८३ वर्षका थिए । उनका भतिज कौस्तुभ त्रिवेदीले अभिनेताको निधनको पुष्टि गरेका छन् ।

कौस्तुभका अनुसार अरविन्दको मंगलबार राती १० बजे निधन भएको हो । पछिल्लो दुई तीन दिनयता उनको स्वास्थ्य अवस्था खराब थियो । यद्यपि उनलाई कुनै रोग भने थिएन । उनलाई हृदयघात भएपछि शरीरका विभिन्न अंगले काम गर्न छोडेको थियो ।

अरविन्दको निधनपछि ‘रामायण’मा उनीसँग काम गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलिया र फ्यानहरुले उनीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

रामानन्द सागरको ‘रामायण’मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । ‘आध्यात्मिक रुपमा रामावतारका कारण र सांसारिक रुपले एक धार्मिक, सरल स्वभावका व्यक्ति र मेरो प्रिय मित्र अरविन्द त्रिवेदीजीलाई आज मानव समाजले गुमाएको छ । निश्चय नै उहाँ सिधै परमधाम जानुहुनेछ र भगवान श्रीरामको सानिध्य पाउनुहुनेछ’, अरुणले लेखेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : २३ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका