आर्यनका कारण धमाधम काम छोड्दै शाहरुख « Khabarhub

आर्यनका कारण धमाधम काम छोड्दै शाहरुख


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान र उनको परिवार हालका दिनमा निकै ठूलो तनावमा छन् । उनीहरुको छोरा आर्यन खान लागुऔषधको प्रयोग गरेको आरोपमा एनसीबीको हिरासतमा छन् । जसको असर पुरा परिवारले भोगिरहेको छ ।

यो घटनाले शाहरुखको निजी जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा पनि ठूलो असर पुगेको छ । यहीकारण शाहरुखले एटली कुमारको फिल्मको काम बीचमै छोडेका छन् । उनको स्थानमा बडी डबलका माध्यमबाट सुटिङ गरिएको छ ।

शाहरुखको हातबाट रातारात एउटा अर्को ठूलो प्रोजेक्ट पनि गुमेको छ । बुधबार शारुखले अजय देवगनका साथ एक विज्ञापनको छायांकन गर्नुपर्ने थियो । तर सुटिङ सुरु हुनुभन्दा केही समयअघि मात्र शाहरुखले विज्ञापनको सुटिङ रद्द गरेका छन् ।

निर्माताले सुटिङका लागि सबै तयारी पुरा गरे पनि शाहरुख सही समयमा पुगेनन् । सेटमा शाहरुखका लागि करिब २० देखि २५ बाउन्सर लगाइएको थियो । उनको भेनिटी भेन बिहानदेखि नै स्टुडियोमा राखिएको थियो । यद्यपि दिउँसो ३ देखि ४ बजेका बीच सुटिङ रद्द गरिएको घोषणा गरिएको थियो ।

शाहरुख निकट स्रोतका अनुसार उनी मानसिक रुपमा समेत तनावग्रस्त अवस्थामा छन् । आर्यनलाई एक क्रुजमा भएको रेव पार्टीमा लागुऔषध प्रयोग गरेको आरोपमा ८ व्यक्तिसहित पत्राउ गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : १९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट