गरिमासँग सुरजको ‘तिमी मुस्कुराउदा’ « Khabarhub

गरिमासँग सुरजको ‘तिमी मुस्कुराउदा’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक संगम थपलियाको स्वरमा रहेको गीत ‘तिमी मुस्कुराउदा’को भिडियो सार्वजनिक भएको छ ।गीतमा किशोर विश्वकर्माको शब्द र संगीत तथा सञ्जीब बराइलीको एरेञ्ज छ ।

भिडियोमा गरिमा शर्मा र सुरज थपलिया फिचर्ड छन् । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सिता राईको कोरियोग्राफी, मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र बिनायक फिल्म्स प्रोडक्सनमा भिडियोको पोष्ट प्रोडक्सनको काम गरिएका हो ।

शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ३२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल